विराटनगरको एक होटलमा भेटियो ५२ किलो गाँजा

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २७, शनिबार ११:३८

विराटनगर । विराटनगरको एक होटलबाट प्रहरीले ५२ किलो गाँजा बरामद गरेको छ ।

विराटनगर महानगरपालिका ३ बरगाछी चोक नजिकै रहेको दियालो होटल सञ्चान गर्दै आएका रबिनप्रसाद कार्कीले होटल भएको घरमा अबैध गाँजा राखेको भन्ने सुचनाका आधारमा अनुसन्धान गर्दा प्रहरीले दुई बोरा गाँजा बरामद गरेको हो ।

घरको कम्पाउण्डमा रहेको पराल भित्र दुईवटा प्लाष्टिकको बोरामा राखेको गाँजाको तौल ५२ किलो रहेको छ ।

इलाम फाकफोकथुम ९ एकतप्पा घर भई विराटनगरमा होटल सञ्चालन गर्दै आएका कार्की भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.