झापामा पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई जना पक्राउ

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ५, शनिबार २१:२३

विराटनगर । झापामा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि आक्रमण भएकाे छ ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट फर्कनेक्रममा उनीमाथि सुरुङ्गामा आक्रमण भएकाे हाे । दुई जनाले आक्रमण गर्दा थापाकाे निधारमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरु नेपाल विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी हुन् ।

बा १ झ ६५३ नं को गाडीमा सवार थापामाथि बा १ ञ १८७० मा सवार प्राधिकरणका कर्मचारीले आक्रमण गरेका थिए ।आक्रमणबाट थापाकाे निधारमा चोट लागेकाे छ । थापा बिर्तासिटी अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

प्रहरीका अनुसार उनलाई आक्रमणमा संलग्नहरु विद्युत प्राधिकरण सुरुङ्गा चालक र एक जना हेल्पर हुन् ।

पीएसओसहित गाडीमा हिडेका थापालाई ओभरटेक गर्ने भन्दै दुई जनाले गाडी रोकेर आक्रमण गरेका थिए । प्रहरीले पक्राउ परेकाहरुको नाम खुलाएको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.