विराटनगरबाट खैरो हेरोइनसहित युवक पक्राउ

Share this
802shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ७, सोमबार १२:३०
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । विराटनगरबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित एक जना युवक पक्राउ परेका छन् ।

सुनसरीको दुहबी नगरपालिका–४ का २५ वर्षीय मोहित यादवलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गरेका यादवलाई विराटनगर महानगरपालिका–१६ बाट आइतबार दिउँसो पक्राउ गरिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनको साथमा खैरो हेरोइन फेला परेको थियो । साथबाट १ ग्राम ८१ मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अनुसन्धानको थप प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.