पूर्वडीआईजी जोशीलाई ५० लाख धरौटीमा छाड्दा अदालतले लिएको आधार

Share this
622shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ७, सोमबार २२:१५

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा मुद्दामा पूर्वडीआईजी छविलाल जोशी ५० लाख धरौटी बुझाएर छुटेका छन् ।

आइतबार जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । सोमबार न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले धरौटीमा छाड्ने आदेश दिएको थियो ।

अभियोगपत्रमा जोशीविरुद्ध ५ करोड ७८ लाख ९६ हजार बिगो मागदाबी गरिएको थियो । ५० लाख धरौटी माग गर्दा अदालतले ४ वटा विषयलाई मुख्य आधार मानेको छ ।

जोशीले गोरखा मिडिया नेटवर्क प्रालिको दुईवटा चेकबाट स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको ४४ लाख ९९ हजार भुक्तानी गरेको अनुसन्धानबाट भेटिएको छ । न्यायाधीश खरेलले सो भुक्तानीलाई धरौटी माग गर्दा एउटा आधार मानेका छन् ।

सहकारीको रकम अपचलन गर्ने मुख्य योजनाकार गितेन्द्रबावु (जीबी) राईले जोशीलाई १ करोड ७५ लाख रुपैयाँको व्यक्तिगत चेक दिएको र सोही रकमबाट जोशीले गोरखा मिडियाको शेयर खरिद गरेको विषयलाई पनि धरौटी मागको आधार बनाइएको छ ।

स्वर्णलक्ष्मीबाट २०७६ कार्तिक १८ मा २ करोड लिएर नबिल बैंकको आफ्नो व्यक्तिगत खातामा जम्मा गरेका थिए । यो विषयलाई पनि अदालतले आधार मानेको छ । अदालतको आदेशमा भनिएको छ,‘तत्काल प्राप्त प्रमाणहरूका आधारमा हेर्दा यी प्रतिवादीलाई अहिले नै कसुरदार होइनन् भन्न सकिने अवस्था देखिएन ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.