माघ अन्तिममा प्रेस चौतारी कोशीको अधिवेशन

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ८, मंगलबार १९:४४

विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशन माघ अन्तिममा हुने भएको छ ।

चौतारीका प्रदेश अध्यक्ष अबिजाल विष्टको अध्यक्षतामा मंगलबार विराटनगरमा बसेको सचिवालय बैठकले प्रदेश अधिवेशन माघ ३० गते गर्ने निर्णय लिएको हो ।

अधिवेशनलाई सम्पन्न गर्न विष्टकै संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, उपाध्यक्ष सुमन पुरीको संयोजकत्वमा मञ्च व्यवस्थापन तथा अतिथि सत्कार उपसमिति, सचिवालय सदस्य हिमाल दाहालको संयोजकत्वमा सम्मान उपसमिति र कोषाध्यक्ष युवराज विवशको संयोजकत्वमा लेबी संकलन उपसमिति निर्माण गर्ने निर्णय गरेको महासचिव बाबुराम भण्डारीले जानकारी दिए ।

उनका अनुसार बैठकले कोशी प्रदेशका १४ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्न जिल्ला इन्चार्जहरूलाई आवश्यक समन्वयका लागि जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

बैठकले नेपाल पत्रकार महासंघ कोशी प्रदेश कमिटी र सम्पूर्ण जिल्लामा प्रेस चौतारीको तर्फबाट निर्वाचित भएका पदाधिकारी, सदस्य, प्रदेश परिषद् सदस्य र केन्द्रीय परिषद सदस्य, निर्वाचनमा खटिने चौतारीको नेतृत्वलगायतलाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।

प्रदेश अधिवेशनको अवसरमा कोशी प्रदेशका १४ वटै जिल्लामा प्रेस चौतारीका संस्थापक अध्यक्षहरू, नेपाल पत्रकार महासंघमा पहिलो पटक निर्वाचित पदाधिकारीहरू र चौतारीमा प्रदेशको भूगोलबाट केन्द्रीय समितिमा निर्वाचित हुने पदाधिकारीहरूलाई सम्मान गर्ने निर्णय गरेको महासचिव भण्डारीले बताए ।

त्यसैगरी, प्रदेश राजधानी विराटनगरमा आगामी फागुन २५ देखि २७ गतेसम्म १० औं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने चौतारी केन्द्रीय कमिटीको निर्णयलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ ।

उक्त महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न प्रदेश कमिटी पूर्णरुपमा परिचालन हुने निर्णय गरिएको भण्डारीले बताए ।

नेकपा (एमाले) कोशी प्रदेश कमिटीका उपाध्यक्ष टीकाराम चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त बैठकमा एमाले कोशी प्रदेश कमिटीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्षुमन तिवारी, प्रदेश चौतारी नेपालका केन्द्रीय सचिव एवं कोशी प्रदेश इन्चार्ज विक्रम लुइँटेल, एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लीलाराज भट्टराई, प्रेस चौतारी एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष भरतबहादुर खड्कालगायतको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.