
काठमाडौं । नेकपा एमालेले वामदेव गाैतम नेतृत्वकाे नेकपा एकता राष्ट्रिय अभियानसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको एमाले सचिवालय बैठकले एमालेका पूर्वनेता गौतम नेतृत्वको अभियानसँग सहकार्य गर्ने निर्णय गरेको हो ।
पार्टी एकताका लागि अभियानसँग थप छलफल पनि हुने भएकाे छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेता वामदेव गौतमसँग सहकार्यका लागि ढोका खुलेको जानकारी दिए । आगामी दिनमा आवश्यक गृहकार्य गरेर पार्टीमा भित्र्याउने गरि छलफल भएको उनले बताए ।
























