प्रधानमन्त्री ओलीको स्वर भासियो, भेटघाटका कार्यक्रम रद्द

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ९, बुधबार १३:०९

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य समस्या देखिएको छ ।

चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोही कारण बुधवार हल चोकमा आयोजना भएको २४औँ सशस्त्र प्रहरी दिवसमा समेत प्रधानमन्त्री ओली सहभागी हुन नसकेको बताइएको छ ।

बुधवारका भेटघाटका कार्यक्रम समेत रद्द गरेर प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहेको बुझिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.