प्रेस सेन्टर कोशीको अध्यक्षमा जनार्दन शर्मा प्यानलका राई विजयी

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १२, शनिबार १६:१९

विराटनगर । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल कोशी प्रदेशको अध्यक्षमा जनार्दन शर्मा प्यानलका राजन राई निर्वाचित भएका छन् ।

प्रेस सेन्टर कोशी प्रदेशको अध्यक्ष बाहेक अन्य पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भए । अध्यक्षमा  राजन राई र नवराज कट्टेल उम्मेदवार थिए ।

शनिबार बिहानको राति भएको मतदानमा प्रचण्ड निकट समूहका कट्टेललाई पराजित गर्दै शर्मा प्यानलका राई निर्वाचित भए । राईले ४१ मत प्राप्त गर्दै विजयी हुँदा कट्टेलले ३६ मत प्राप्त गरेका थिए । अध्यक्षमा निर्वाचित राई यसअघि उपाध्यक्ष थिए । उनलाई नेपाल आदिबासी जनजाती पत्रकार महासंघ फोनिजले पनि सहयोग गरेको थियो ।

राई नेकपा माओवादी केन्द्रका नेता सुदन किराँती निकट हुन् । किराँती जनार्दशन  समूहका नेता हुन् ।

प्रेस सेन्टरको उपाध्यक्षमा सुजन तिम्सिना,सेसेहाङ लाओती र सुजता लिम्बू, महासचिवमा गोकुल पराजुली निर्विरोध निर्वाचत भए ।

त्यस्तै सचिवमा इश्वर थापा,विनु तिम्सिना,डिकेश लामा, सत्यनारायण शर्मा र कोषाध्यक्षमा झुलन रेग्मीसहित सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.