बालिका यौन दुव्र्यवहारको आरोपमा मदन राई दोषी ठहर, सजाय निर्धारणका लागि माघ २५ मा पेसी

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १३, आइतबार १२:३८

विराटनगर । बालयौन दुरुपयोगको आरोपमा जिल्ला अदालत खोटाङले मदन राईलाई दोषी ठहर गरेको छ ।

शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो । यो फाउण्डेसन उनले आफैंले स्थापना गरेका थिए ।

जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईका अनुसार न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको हो ।

उनका अनुसार, सजाय निर्धारणका लागि माघ २५ मा अर्को पेसी तोकिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.