रविविरुद्धको थुनछेक बहस जारी

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १३, आइतबार १३:००

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराधविरुद्ध मुद्दाको थुनछेक बहस आज पनि जारी छ ।

बिहीबारदेखि सुरु भएको थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । रवि लामिछानेका तर्फबाट ९ जना वकिलले बहसमा भाग लिन नाम टिपाएका थिए ।

तर, सात जना कानुन व्यवसायीले मात्र बहस गर्ने जनाइएको थियो । तीन जनाको बहस शुक्रबार नै सकिएकाले आज बाँकी चार जनाले बहस गर्दैछन् ।

यसअघि जाहेरवालाका तर्फबाट तीन जना कानुन व्यवसायी तथा सरकारी वकिलका तर्फबाट ८ जनाले बहस गरेका थिए ।

प्रतिवादी तर्फका कानुन व्यवसायी र सरकारी वकिलको बहस सकेपछि जिल्ला अदालतबाट आदेश आउनेछ ।

बुधवार अदालतमा हाजिर भएका लामिछानेलाई बयान सकिएपछि परिवार र कानुन व्यवसायीको जिम्मामा छाडिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.