कांग्रेस संसदीय दलको बैठक आज पनि

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १४, सोमबार ०७:२९

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज (सोमबार) पनि बस्दैछ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आइतबार पनि बैठक बसेको थियो । नेताहरुका अनुसार बैठकमा कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको काम र प्रभावकारिताबारे सांसदले आफ्ना धारणा राख्नेछन् ।

त्यसपछि मन्त्रीहरुले सांसदको जिज्ञासको जवाफ दिने छन् । केही दिनदेखि कांग्रेसको बैठक निरन्तर चलिरहेको छ ।

यसअघिका बैठकमा सभापति देउवाले सरकारले ल्याएका अध्यादेशको पक्षमा एकढिक्का भएर लाग्ने निर्देशन दिएका थिए । त्यसका साथै सरकारमा पार्टीको उपस्थिति बलिय बनाउने निर्णय पनि कांग्रेसले गरेको थियो ।

संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि कांग्रेस छलफल एवं बैठकमा व्यस्त छ । केपी शर्मा ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका बारेमा एकजुट हुने र एकीकृत धारणा बनाएर प्रतिरक्षा गर्ने, संसदमा पेस भएका विधेयक पारित गर्न सहयोग गर्नेलगायतका विषयमा बैठकमा छलफल भइरहेको छ ।

संसदको हिउँदे अधिवेशन माघ १८ गतेका लागि बोलाइएको छ । अधिवेशनका एजेन्डाका बारेमा पनि कांग्रेसमा छलफल भइरहेको छ ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.