सक्रिय राजनीतिमा आउने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको इच्छा

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १४, सोमबार १६:०९

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने संकेत गरेकी छन् । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले सक्रिय राजनीतिमा आउने संकेत गरेकी हुन् ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र)को सक्रिय राजनीतिमा आएका छन् । उनले भनिन्, ‘राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा पुनः सक्रिय हुन्छ । तर, अहिले कुनै दलमा आबद्ध हुने निर्णयमा पुगेको छैन ।’

उनले अहिले आफू राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताइन् । ‘राष्ट्रपति पद गैरराजनीतिक होइन । राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु,’ उनले भनिन्, ‘राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षहरूसँग छलफल गरिरहेको छु । शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्नत, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि छलफल चलाइरहेको छु ।’

नेकपा (एमाले)को भावी अध्यक्षको भूमिका आउन चाहनुभएको हो भन्ने प्रश्नमा उनले भनिन्, ‘जहाँसम्म दलीय राजनीतिमा लागेर पद जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन । भोलि कुन दलमा काम गर्ने भन्ने कुरा पनि आउँछ । भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ । तर, अहिले छलफल भएको छैन ।’

उनले सक्रिय राजनीतिमा फर्किएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई शुभकामना व्यक्त गरिन् । ‘उहाँ युवा हुनुहुन्छ । अनुभव छ । राजनीति गरेर आउनु भएको हो,’ उनले भनिन् ,‘ म राष्ट्रपति र उहाँ उपराष्ट«पति भएर ७ वर्ष सहकार्य गरेको हो । खुसी नै लागेको छ । उहाँलाई मेरो शुभेच्छा छ ।’

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.