केबलकार विवाद बारे योगश भट्टाराई : वार्तामार्फत समस्या समाधान हुनुपर्छ

Share this
649shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १६, बुधबार १३:२६

काठमाडौं । ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा देखिएको समस्या वार्ता मार्फत समाधान गर्नुपर्ने नेकपा एमाले नेता तथा ताप्लेजुङका सांसद योगेश भट्टराईले बताएका छन् ।

शनिबार पाथिभरा क्षेत्रको बलुडाँडामा प्रहरी र केबलकार निर्माणको विपक्षमा रहेको समूहबीच झडप भएको थियो । झडमा २६ जना घाइते भएका छन् । जस मध्ये दुई जनालाई प्रहरीले चलाएको गोली लागेको थियो ।

बुधबार पत्रकार सम्मेलन गर्दै भट्टराईले पाथीभरामा केबलकार निर्माणबारे भइरहेको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने बताएका हुन् ।

सबै पक्षलाई समेटेर वार्ता गर्नुपर्ने उनको भनाई छ ।

उनले केबलकार निर्माणपछि केबलकारमा ७० वर्षभन्दा माथि र १० वर्षमुनिकालाई निशुल्क सेवा दिनु पर्ने बताए ।

निर्माण कम्पनीले प्रभावित क्षेत्रका बासिन्दालाई सेयर दिनुपर्ने उनको माग छ ।

केबलकार सेवामा ताप्लेजुङ बासिन्दालाई ५० प्रतिशत सहुलियत दिनुपर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.