बालिका करणी गरेकाे आरोपमा एक जना पक्राउ

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १६, बुधबार १६:१८
लेटाङमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । प्युठानको ऐरावती गाउँपालिकाकी ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

ऐरावती गाउँपालिका–५ बालबिसौनाका ३३ वर्षीय कमल नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कमलाविरुद्ध बालिकालाई जबरजस्ती करणी गरेको आरोप उजुरी दर्ता भएको थियो ।

सोही उजुरीको आधारमा प्रहरी चौकी बरौलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कमललाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.