
काठमाडौं । काठमाडौंको डिल्लीबजार कारागारबाट १४ वर्षअघि फरार भएका एक जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
डिल्लीबजार कारागारबाट भागेका कैदी पेशलराज बुढाथोकीलाई १४ वर्षपछि काठमाडौंस्थित गोंगबुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
उनका अनुसार २०६७ सालको साउनमा कारागारबाटै भागेका हुन् । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले उनलाई ३ वर्ष कैद सजाय सुनाएको थियो ।

























