
विराटनगर । नेपालको वर्तमान संविधानमा समस्या रहेको संविधानविद् भिमार्जुन आचार्यले बताएका छन् ।
बिहीबार नेपाल डेमोक्याटिक लयर्स एशोसिएशन र पेशागत वुद्धीजिवी बिभागले आयोजना गरेको संविधान संशोधन, आवश्यकता र चुनौती विषयक अन्तरक्रीया कार्यक्रमा कार्यपत्र प्रस्तुत गर्दै नेपालको संविधानमा समस्या रहेको बताएका हुन् ।
वर्तमान संविधानमा शुुद्धाशुद्धी पनि नमिलेको बताए ।
उनले प्रदेश सरकारको औचित्य पुष्टि गर्न चुनाैती रहेकाे बताए । उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने र प्रतिनिधिसभा सदस्यको संख्याको घटाउने विषयमा पनि सोच्नुपर्ने बेला आएकाे बताए ।
संविधान लामो समय टिक्न सक्यो भने मात्र मुलुकको विकास सम्भव रहेको बताउँदै उनले समय अनुसार संविधान संशाेधन गर्नुपर्ने आवश्यकता रहेकाे बताए । उनले प्रधानमन्त्रीकाे पदावधी अधिकतम दुई वटा कार्यकाल मात्रै राख्ने उपयुक्त हुने बताए ।
























