मधेस केन्द्रित दलबीच फेरि एकताकाे गृहकार्य, ८ दलले बनाए कार्यदल

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १७, बिहीबार २१:३८

काठमाडौं । टुटफुटका कारण कमजाेर बनेका मधेस केन्द्रित दलबीच फेरि एकताकाे  गृहकार्य सुरु भएकाे छ । मधेस केन्द्रित ८ दलकाे बैठकले तत्काल सहकार्य गर्ने विषयमा सहमति गरेका छन् । एकता गर्ने उदेश्यसहित कार्यदल पनि बनाएका छन् ।

सिंहदवारमा आज बसेको मधेस केन्द्रित दलहरूको बैठकले सहकार्य गरेर अघि बढ्ने निर्णय गरेकाे जनता समाजवादी पार्टीका नेता मनिष सुमनले बताए ।

उनका अनुसार एकता गर्ने लक्ष्यसहित ८ दलबाटै प्रतिनिधित्व हुनेगरी कार्यदल पनि बनाइएको छ ।

कार्यदलमा मनिष सुमन, लक्ष्मणलाल कर्ण, डा. सरद सिंह यादव, मोहम्मद इस्तियाक राई, गंगाराम चौधरी, शिवजी यादव र ब्रजकिशोर सिंह छन् । राजेन्द्र महतोको पार्टीबाट भने नाम आउन बाँकी रहेको नेता सुमनले बताए ।

पछिल्लो  राजनीतिक परिस्थिति र संविधान संशोधनका एजेन्डालगायतका विषयमा छलफल भएको उनले बताए ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.