
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आज (शुक्रबार) बिहान संसदीय दलको बैठक बोलाएको छ । बिहान ८ः३० बजे संसद भवनस्थित ल्होत्से हलमा बैठक बस्ने छ ।
नेताहरुका अनुसार बैठकमा हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा छलफल हुने छ । संसदको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ ।
यसअघि बसेको दलको बैठकमा केही सांसदहरुले बोल्न बाँकी छ । बाँकी सांसदहरुले आज धारणा राखिसकेपछि मन्त्रीहरुले जवाफ दिनेछन् । मन्त्रीहरुले आफूले गरेका कामबारे बैठकमा सांसदहरुलाई जानकारी पनि गराउने तयारी छ ।
























