पोखरामा ७७ वटै जिल्लाका सभापति भेला गराउँदै कांग्रेस

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १८, शुक्रबार ०८:१८

पोखरा । नेपाली कांग्रेसले ७७ वटै जिल्लाका सभापतिलाई गण्डकी प्रदेशको राजधानी पोखरामा भेला गराउँदैछ । उक्त भेलामा प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका जिल्ला सपसभापति पनि पुग्ने छन् ।

कांग्रेसले पर्यटकीय नगरी पोखरामा माघ २२ र २३ गते प्रशिक्षण कार्यक्रम गर्दैछ । उक्त कार्यक्रममा जिल्ला सभापति र उपसभापतिहरु भेला हुने भएका हुन् ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं कांग्रेस कास्कीको व्यवस्थापनमा प्रशिक्षण कार्यक्रम तय गरिएको छ । कांग्रेसका कास्की जिल्लाका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले प्रशिक्षण कार्यक्रममा मुलुकका ७७ वटै जिल्लाका पार्टी जिल्ला सभापतिसँगै जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीसमेत रहेका उपसभापतिहरू सहभागी हुने जानकारी दिए ।

प्रशिक्षण कार्यक्रमलाइ कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले सम्बोधन गर्ने तय भएको छ । कांग्रेसले भेलाको तयारी तीव्र पारेको छ ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.