मुलुकलाई समृद्ध बनाउन अध्यादेश : उपसभापति खड्का

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १८, शुक्रबार २०:२२

विराटनगर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले मुलुकको अर्थतन्त्र  सुदृढ र जनतालाई समृद्ध बनाउन अध्यादेश ल्याएको बताएका छन् ।

नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले शुक्रबार विराटनगरमा आयोजना गरेको वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ताको अधिकारको सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

जनतालाई सहज आपूर्ति व्यवस्था, उनीहरुको हित, मुलुकमा लगानी भित्र्याउन, विदेशमा सूचना प्रविधिको कम्पनि स्थापना गरी स्वदेशमा रोजगारी सिर्जना गर्न अध्यादेशले बाटो खोलेको उनको भनाई छ ।

पूर्वउपप्रधानमन्त्री खड्काले दुई/दुई महिनामा सरकार परिवर्तनले जनतामा छाएको निराशालाई आत्मविश्वासमा परिणात गर्न र मुलुकमा समृद्धि ल्याउन वर्तमान गठबन्धन बनेको उनको भनाई छ ।

उनले नेपाली कांग्रेस र एमालेबीच विक्रम संवत् २०५१ सालपछि पनि जनता, मुलुकको स्वाधिनताको रक्षा र ठूला परिवर्तनका लागि संयुक्त गठबन्धन सरकार निर्माण भएको इतिहास रहेको स्मरण गराए ।

उपसभापति खड्काले संविधानको कार्यान्वयनसँग जोडिएका १८/२० ऐनहरु संसदका समितिमा गएको जानकारी दिए ।

उनले प्रदेशको मेरुदण्डको रुपमा रहेको जोगवनी –किमाथान्का सडक दु्रत गतिमा निर्माण सम्पन्न पश्चात प्रदेशको जनसङख्या बरावरका चीन र भारतबाट पर्यटक आउने विश्वास व्यक्त गरे । प्रदेशका अर्का पूर्वमुख्यमन्त्री केदार कार्कीले नागरिकहरुलाई सहज आपूर्तिका लागि व्यापारिक सिण्डिकेटको अन्त्य आवश्यक रहेको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले नागरिकको चुल्हो मंहगिएकोले त्यसको समाधान गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय भीम पराजुली र राजीव ढुङ्गगानाले सरकारले इमान्दारीपूर्व अनुगमन गर्नुपर्ने सुझाव दिँदै किसानले आफुनो उत्पादनको उचित मूल्य प्राप्त गर्नुपर्ने सुझाव दिएका थिए ।

विभागका संयोजक गुरु बराल, केन्दीय सदस्य फुलकुमार लालवानी, भूमि आयोगका पूर्व अध्यक्ष केशव निरौला, प्रदेश सभाका सदस्य गयानन्द मण्डल र प्रदेश योजना आयोगका सदस्य डा. प्रमिला गच्छदार लगायतकाले स्वदेशी उत्पादनमा प्रयोगमा जोड र व्यवहारिक रुपमा जनताका समस्या समाधान गरी समृद्धितर्फ लाग्न आजको आवश्यक्ता रहेको बताए । अन्तरक्रिया कार्यक्रममा उपभोक्ता संरक्षणमा आवद्ध विभिन्न संघसंस्था, विभिन्न व्यापरिक संघसंगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

clockप्रकाशित मिति:  २०८१ माघ १८, शुक्रबार २०:२२
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.