क्षयरोग निवारण संस्था मोरङको सभापतिमा घनश्याम राठी निर्वाचित

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १९, शनिबार २०:२३

विराटनगर । नेपाल क्षयरोग निवारण संस्था मोरङको सभापतिमा घनश्याम राठी निर्विरोध निर्वाचित भएका छन् ।

विराटनगरमा शनिबार सम्पन्न भएको ५४ औं जिल्लासभाबाट विराटनगरका राठी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । राठी यसअघिको कार्य समितिको उपसभापति थिए । 

राठीको सभापतित्व ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत गोपाल श्रेष्ठले जानकारी दिए । 

उपसभापतिमा भैरव क्षेत्री, सचिवमा भविशकुमार श्रेष्ठ, कोषाध्यक्षमा गोपालप्रसाद गुप्ता र सहायक सचिवमा सपना रिजाल निर्वाचित भए । 

त्यस्तै, सदस्यहरूमा सुभासकुमार अमात्य, कुमार निरौला, डिल्ली आचार्य, टीकाराज ढकाल, डा. मिनाक्षी नेपाल र श्यामकुमार श्रेष्ठ छन् । 

जिल्लासभाका अवसरमा संस्थामा कार्यरत ४ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारीको पुरस्कार प्रदान गरिएको थियो ।

एक्सरे टेक्निसियन अशोक यादव, क्षयरोग निवारण संस्थाका उर्लाबारी उपकेन्द्रका संयोजक तीर्थ निरौला, सवारी चालक मनोज चौधरी र कुचिकार महेश मारिक पुरस्कृत भए ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय महासचिव राजन श्रेष्ठसहित निवर्तमान सभापति शिवनारायण प्रधानलगायतले नगद, प्रमाणपत्रका साथ सम्मान गरे । 

तपाइको प्रतिक्रिया
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×