क्षयरोग निवारण संस्था मोरङको सभापतिमा घनश्याम राठी निर्वाचित

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १९, शनिबार २०:२३

विराटनगर । नेपाल क्षयरोग निवारण संस्था मोरङको सभापतिमा घनश्याम राठी निर्विरोध निर्वाचित भएका छन् ।

विराटनगरमा शनिबार सम्पन्न भएको ५४ औं जिल्लासभाबाट विराटनगरका राठी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । राठी यसअघिको कार्य समितिको उपसभापति थिए । 

Advertisement

राठीको सभापतित्व ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत गोपाल श्रेष्ठले जानकारी दिए । 

उपसभापतिमा भैरव क्षेत्री, सचिवमा भविशकुमार श्रेष्ठ, कोषाध्यक्षमा गोपालप्रसाद गुप्ता र सहायक सचिवमा सपना रिजाल निर्वाचित भए । 

त्यस्तै, सदस्यहरूमा सुभासकुमार अमात्य, कुमार निरौला, डिल्ली आचार्य, टीकाराज ढकाल, डा. मिनाक्षी नेपाल र श्यामकुमार श्रेष्ठ छन् । 

जिल्लासभाका अवसरमा संस्थामा कार्यरत ४ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारीको पुरस्कार प्रदान गरिएको थियो ।

एक्सरे टेक्निसियन अशोक यादव, क्षयरोग निवारण संस्थाका उर्लाबारी उपकेन्द्रका संयोजक तीर्थ निरौला, सवारी चालक मनोज चौधरी र कुचिकार महेश मारिक पुरस्कृत भए ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय महासचिव राजन श्रेष्ठसहित निवर्तमान सभापति शिवनारायण प्रधानलगायतले नगद, प्रमाणपत्रका साथ सम्मान गरे । 

clockप्रकाशित मिति:  २०८१ माघ १९, शनिबार २०:२३
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.