काठमाडौं । राष्ट्रियसभा बैठकमा बोल्नलाई नाम टिपाएका सांसद त्यहीँ ढलेका छन् । नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठक चलिरहँदा ढलेका हुन् ।
उनी उक्त रक्तचापका कारण ढलेको हुनसक्ने अनुमान छ । उनी रक्त रक्तचाप र मधुमेहका पुराना बिरामी रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा सहभागी भएका भट्टले बोल्नका लागि नाम टिपाएका थिए ।
बैठकमै ढलेपछि उनका ठाउँमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिका छन् । भट्टको संसद भवनभित्रै प्राथमिक उपचार भइरहेको छ ।