
काठमाडौं । नेप्से परिसूचक आइतबार ६९.८० अंकले बढेको छ । आज कारोबार पनि गत पाँच महिनायताकै उच्च भएको छ ।
यसअघि गत भदौ १८ गते १३ अर्ब ५७ करोडको सेयर किनबेच भएको थियो । आज १२ अर्ब ९५ करोडको सेयर कारोबार भएको छ। सेयर मापन गर्ने नेप्से परिसूचक २७२७.५८ विन्दुमा पुगेको छ ।
मंगलबार नौ अर्ब ४० करोडको सेयर कारोबार भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा आज तीन अर्ब ५५ करोड रूपैयाँ कारोबार वृद्धि भएको छ ।
आज ३३० वटा धितोपत्रको दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर किनबेच भएको थियो । आइतबार २०२ कम्पनीको सेयर मूल्य बढ्यो । ३७ वटाको घटेको छ । तीन कम्पनीको मूल्य स्थिर रह्यो ।

























