
विराटनगर । आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । आइतबार पनि स्थिर थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सोही मूल्यमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ ।
आइतबार प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ। आइतबारको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।

























