विराटनगर । प्रेस चौतारी नेपाल धनकुटा र संखुवासभाले नयाँ नेतृत्व पाएको छ । दुवै जिल्लाको अधिवेशन आइतबार सकिएको थियो ।
धनकुटाको १०औँ जिल्ला अधिवेशनबाट नारायणकुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा विश्वराज श्रेष्ठ र उपाध्यक्षमा कल्पना थापा, सचिवमा सन्तोष सुवेदी, सहसचिवमा कल्पना तामाङ र सष्टिका राई तथा कोषाध्यक्षमा प्रज्वल कट्टेल चयन भएका छन् ।
अनिता राई, सिर्जना खुलाल, कविन्द्र भण्डारी, निशा थापा, जानु तामाङ, तुलसा पौडेल, अनिसा रुचाल र धनकुमारी राई सदस्य चुनिए । रमेशचन्द्र अधिकारी, भेषराज कट्टेल र गोमा ढुंगाना केन्द्रीय प्रतिनिधि एवं रविन कट्टेल, भीम मल्ल र रुपा वनेम प्रदेश प्रतिनिधि भएका छन् ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेको अधिवेशनमा पत्रकार सोभिस चेम्जोङ र बलराम दाहाललाई पुरस्कृत गरिएको थियो । प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) धनकुटाका अध्यक्ष शिव आङ्ला, प्रेस चौतारी नेपालका कोशी प्रदेश उपाध्यक्ष सुमन पुरी, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै, प्रेस चौतारी नेपाल संखुवासभाको छैटौँ जिल्ला अधिवेशनले जनक चापागाईंको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । चौतारीको उपाध्यक्षमा दिव्याकुमारी राई, सचिवमा रमा चाम्लिङ, सहसचिवमा देशन राई र कोषाध्यक्षमा कल्पना सुवेदी पौडेल चयन भएका छन् ।
सुमिता याक्खा, प्रकाश तामाङ, स्वस्तिका राई, मर्कुस राई, कञ्चन राई, विकास विक, मंगल मेवाहाङ र मोतीराम भण्डारी निर्वाचित सदस्य चुनिएका छन् । अधिवेशनबाट गंगा विष्ट, प्रेमप्रसाद निरौला र यमुना गुरागाईंलाई केन्द्रीय प्रतिनिधि तथा दुर्गाबहादुर कटुवाल, समीक्षा मगरलगायत प्रदेश प्रतिनिधि बनेका छन् ।