फागुन १२ गतेदेखि माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित अभियान

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २१, सोमबार १७:१०

काठमाडौं । फागुन १२ गतेदेखि नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले  फागुन १२ गतेबाट झापाको केचनकवलबाट कन्चनपुरसम्म अभियान सञ्चालन गर्ने भएको हो ।

Advertisement

‘फागुन १२देखि झापाको कचनकवलबाट अभियान सुरु गर्दैछौं, यो अभियान हुलाकी राजमार्ग भएर चल्नेछ’, उपाध्यक्ष अग्नि सापकोटाले भने,‘ २१ देखि २३ पुससम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले हुलाकी राजमार्गकेन्द्रित अभियान चलाउने निर्णय गरेको थियो ।’

पदाधिकारी बैठकले माओवादीका उम्मेदवार निर्वाचित भएका पालिकाका पदाधिकारीहरूको भेला गर्ने निर्णय पनि गरेको छ । १२३ वटा स्थानीय तह माओवादी केन्द्रले जितेको छ ।

clockप्रकाशित मिति:  २०८१ माघ २१, सोमबार १७:१०
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.