
विराटनगर । मोरङ उद्योग व्यापार संघ र कोशी प्रदेशका विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका पदाधिकारीबीच सोमबार विराटनगरमा छलफल भएको छ ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा प्रदेशका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिहरुबीच छलफल भएको हो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टीकाराज ढकाल र कार्यसमिति सदस्यहरू, भोजपुर उद्योग वाणिज्य संघ, धनकुटा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, कन्काई उद्योग वाणिज्य संघ, खोटाङ उद्योग वाणिज्य संघ, मेची उद्योग वाणिज्य संघ, तेह्रथुम उद्योग वाणिज्य संघ, संखुवासभा उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ र सुन्दरहरैँचा उद्योग वाणिज्य संघसहित नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष एवं प्रतिनिधिहरूको उपस्थिति थियो ।

























