विराटनगर । सोमबारको तुलनामा मंगलबार नेपाली बजारमा मूल्य एक हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनसम्म सुनको मूल्य स्थिर थियो । आज मंगलबार तोलामा १ हजार ९०० रुपैयाँ बढेको हो ।
महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ ।
सोमबार सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ थियो ।
महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८९५ रुपैयाँ थियो ।
मंगलबार ३५ रुपैयाँ बढेर तोलामा १ हजार ९३० रुपैयाँ पुगेको छ ।