प्रेस चौतारीको स्थापना दिवस : विराटनगरमा ३ जना पत्रकार सम्मानित

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलबार १४:२८
सम्मानित पत्रकारहरु क्रमश: हरिहर नेपाल, डा. डिल्ली पोखरेल र डा. धर्मराज ढकाल ।

विराटनगर । प्रेस चौतारी मोरङले विराटनगरमा मंगलबार ३ जना पत्रकारलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा हरिहर नेपाल, डा. डिल्ली पोखरेल र डा. धर्मराज ढकाल रहेका छन् । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

Advertisement

प्रेस चौतारी मोरङले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले तीनै जनालाई सम्मान गरेका हुन् ।

चौतारी मोरङले स्थापना दिवसको अवसरमा प्रदान गर्दै आएको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कारबाट नेपाल टाइम्स अनलाइनका पत्रकार हरिहर नेपाल सम्मानित भएका छन् । चौतारी मोरङ अध्यक्ष चीना थापाका अनुसार पुरस्कारको राशि १५ हजार रुपैयाँ छ ।

त्यस्तै, प्रेस चौतारीमा आबद्ध आग्रज पत्रकार पोखरेल र ढकाललाई पनि सम्मान गरिएको छ । दुवै जनाले विद्यावारिधि गरेका छन् । पोखरेल चौतारी मोरङका संस्थापक सचिव र ढकाल पूर्वसचिव हुन् ।

पोखरेलले नेपालको आर्थिक विकासमा कृषि सहकारी संस्थाहरुको भूमिका विषयमा विद्यावारिध (पीएचडी) र ढकालले नेपाली कटन उद्योगहरुमा कार्यरत मजदुरहरुको उत्प्रेरणा र कार्य सम्पादनको अवस्था विषयमा विद्यावारिधि गरेका छन् ।

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : पदाधिकारीमा विराटनगरबाट काे–काे छन् उम्मेदवार ?
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.