प्रेस चौतारी ताप्लेजुङको अध्यक्षमा वसन्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलवार १८:२१

ताप्लेजुङ । प्रेस चौतारी नेपाल ताप्लेजुङले मंगलबार सम्पन्न छैटौं जिल्ला अधिवेशनले वसन्त पालुंवा लिम्बूको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मदन गौतम, साहारा लङ्वा, सचिवमा तेञ्जिङ पाङ्कर्मा शेर्पा, सहसचिवमा किरण विक र सुनीता रसाइली तथा कोषाध्यक्षमा संगीता कार्की चुनिएका छन् । निर्वाचन समितिका संयोजक तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य खगेन्द्र अधिकारीका अनुसार नारद गुरागाईं, हेमराज निरौला, सोनिया तामाङ, लक्ष्मण पौडेल, मिङ्माखाण्डु शेर्पा (शर्मीला) र रोमन बोखिम सदस्य भएका छन् ।

Advertisement

अधिवेशनले रविन भट्टराई, सुवास आचार्य र गंगा लिङखिमलाई केन्द्रीय अधिवेशन प्रतिनिधि तथा मदन गौतम, किरण विक र सुनीता रसाइलीलाई प्रदेश अधिवेश प्रतिनिधिका रूपमा चयन गरेको छ । अधिवेशनका लागि चौतारीका केन्द्रीय सदस्य अधिकारीको संयोजकत्वमा प्रेस चौतारीका कोशी प्रदेश सदस्य केशवप्रसाद भट्टराई तथा प्रेस चौतारी नेपाल ताप्लेजुङका निवर्तनमान उपाध्यक्ष अमृता थलङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष पालुङ्वाले पत्रकारिता क्षेत्रको संस्थागत विकास र उन्नयनमा प्रेस चौतारीको नवनिर्वाचित कार्यसमिति प्रतिबद्ध रहेको बताए । अधिवेशनकै अवसरमा प्रेस चौतारी ताप्लेजुङले प्रत्येक वर्ष प्रदान गर्ने विभिन्न पुरस्कार पनि वितरण गरिएको थियो ।

clockप्रकाशित मिति:  २०८१ माघ २२, मंगलवार १८:२१
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.