
काठमाडौं । प्रतिनिधि सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्नेछ । राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्दैछ ।
प्रतिनिधि सभा बैठकमा संसद नचलेको बेला सरकारले ल्याएका अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।
६ वटा अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् । ६ वटा अध्यादेशउपर प्रतिनिधि सभामा ५० वटा अस्वीकृतको सूचना दर्ता भएका छन् । प्रतिनिधिसभामा अध्यादेश अस्वीकृतको प्रस्तावकर्ताले ५ मिनेट र समर्थकले ३ मिनेट बोल्न पाउने भएका छन् ।
























