संसद बैठकअघि उपेन्द्र यादवको दौडधुप

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २४, बिहीबार ११:५४

काठमाडौं । संसदमा सरकारले जारी गरेका ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत हुनुअघि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको दौडधुप बढेको छ ।

अध्यादेशको पक्षमा उभिने कांग्रेस एमालेले प्रस्ताव गरेपछि उनको दौडधुप बढेको हो । जसपा नेपालको संसदीय दलको बैठकअघि उनले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै छलफल गरे ।

बिहान सभापति देउवालाई भेट्न यादव नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका थिए भने लगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । जसपा अध्यादेशको पक्षमा उभिने सम्भावना छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेले ६ वटै अध्यादेश जारी गरेका थिए ।

बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिनिधिसभामा कांग्रेस एमालेकाे सहज बहुमत भएपनि राष्ट्रिय सभामा सत्तापक्ष अल्पमतमा छ । राष्ट्रिय सभाबाट अध्यादेश पास गर्न सत्तापक्षले जसपा नेपालकाे साथ खाेजेकाे हाे ।

५९ सदस्यीय राष्ट्रियसभामा बहुमत पुर्‍याउन ३० सिट अनिवार्य हुन्छ । राष्ट्रियसभामा कांग्रेसका १६ र एमालेका १० सांसद छन् । त्यसबाहेक मनोनित एमालेकै नेतृ अञ्जना शाक्य र वामदेव गौतमसहित गर्दा एमालेसँग १२ सिट छ । कांग्रेस र एमाले जोडेर २८ मात्रै पुग्छ  । सरकारमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाकाे १  जना पनि सत्तापक्षमा छन् ।

विपक्षमा माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी ८ र राष्ट्रिय जनमोर्चा १ गरेर २६ जना सांसद छन् । सरकारमा नरहेको जसपा नेपालसँग ३ जना सांसद छन् । यदि जसपा नेपालका तीन जना सांसद अध्यादेशकाे पक्षमा उभिए अध्यादेश पास हुनेछ ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.