जीवन विकासको सञ्चालकमा डाक्टर जैन मनोनित

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २५, शुक्रबार १२:५५

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति सदस्यमा डाक्टर बन्दनाकुमारी जैन चयन भएकी छन् ।

सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको रुपमा त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक डा. जैनलाई मनोनित गरेको हो ।

जीवन विकासमा यसअघि सोनिला शाक्य स्वतन्त्र सञ्चालक थिइन् । उनको कार्यकाल सकिएपछि सञ्चालक समितिको बैठकले सहायक प्राध्यापक जैनलाई मनोनित गरेको लघुवित्तले जनाएको छ ।

जैनले जीवन विकासको सञ्चालक समिति अध्यक्ष विक्रमराज सुवेदीबाट सञ्चालकको शपथग्रहण गरेकी छन् । व्यवस्थापन संकायबाट विद्यावारिधी गरेकी जैन डिग्री क्याम्पस विराटनगरमा प्राध्यापन गराउँछिन्

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.