
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) दिउँसो बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठकमा वार्षिक प्रतिवेदन पेस गर्ने, विधेयक फिर्ता लिने र व्यवस्थापन कार्यसहितको सम्भावित कार्यसूची छ । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी विधेयक पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तो छ आजको कार्यसूची

























