काे-काे छन् माओवादी केन्द्रकाे इञ्चार्ज र सहइञ्चार्ज

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २७, आइतबार २१:०२

काठमाडौं । सरकारबाट बाहिरिएपछि संगठन विस्तारमा सक्रिय रहेकाे नेकपा माओवादी केन्द्रले प्रदेशका इञ्चार्ज र सहइञ्चार्जकाे टुंगो लगाएको छ ।

पार्टी मातहतका कमिटीमा आइतबार पठाएको सर्कुलरमा प्रदेशका इञ्चार्ज र सहइञ्चार्जकाे नाम समावेश गरेकाे हाे ।

कोशी प्रदेशमा हरिबोल गजुरेल इञ्चार्ज छन् । सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, अजम्बर काङबाङ, .धर्मशीला चापागाई र सुरेशकुमार राई  छन् ।

मधेश प्रदेशकाे इञ्चार्जमा मातृकाप्रसाद यादव छन् । विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, जोगकुमार बरबरिया यादव र महेन्द्र पासवानले सहइञ्चार्जकाे जिम्मेवारी पाएका छन् ।

बागमति प्रदेशकाे इञ्चार्जमा हितमान शाक्य र सहइञ्चार्जहरुमा अञ्जना विशंखे, सूर्य सुवेदी, हितबहादुर तामाङ र शालिकराम जम्मकट्टेल छन् ।

गण्डकी प्रदेशकाे इञ्चार्ज दीनानाथ शर्मा र सहइञ्चार्जमा हरिराज अधिकारी छन् ।

लुम्बिनी प्रदेशमा चक्रपाणि खनालले इञ्चार्ज र कुलप्रसाद केसी सहइञ्चार्जकाे जिम्मेवारी पाएका छन् ।

कर्णाली प्रदेशकाे इञ्चार्ज कालीबहादुर मल्ल ताेकिएका छन् । टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाहीले सहइञ्चार्जकाे जिम्मेवारी पाएका छन् ।

सदुरपश्चिम प्रदेशकाे इञ्चार्ज गिरिराजमणि पोखरेल छन् । खगराज भट्ट र विना मगर सहइञ्चार्ज बनेका छन् ।

उपत्यका विशेष प्रदेशकाे इञ्चार्जमा जयपुरी घर्ती छन् । सहइञ्चार्जकाे जिम्मेवारी मोहन कार्की, रमेश मल्ल र रामप्रसाद सापकोटाले पाएका छन् ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.