
विराटनगर । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आज प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको हो ।
आज चाँदी प्रतितोला एक हजार नौ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा नेपालमा सुनको मुल्य घटबढ हुन्छ ।

























