तोलामा ६ सय बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २९, मंगलबार ११:२३

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको छ ।

प्रतितोला ६ सय रुपैयाँ बढ्दा सुनको भाउ प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ ।

सोमबार प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ थियो ।

यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । सुनको भन्सार दर २० प्रतिशत थियो । हाल भन्सार दर १० प्रतिशत छ ।

अन्तर्राष्ट्रिय बजारमा नयाँ मूल्य निरन्तर बढिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.