
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ ।
मंगलबार १ लाख ७० हजार २०० रुपैयाँ प्रतितोला कारोबार भएको थियो । आज बुधबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९३० रुपैयाँ कायम भएको छ ।

























