
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आम सञ्चार विधेयककाे कमीकमजोरी सच्याएरअघि बढ्ने बताएका छन् ।
विराटनगरमा आज प्रेस चौतारी कोशी प्रदेश समितिको दोश्रो अधिवेशनको उद्घाटनका क्रममा उनले मुख्यमन्त्री प्रादेशिक सञ्चार विधेयकमा भएको कमजोरी सच्याउन तयार रहेको बताएका हुन् ।
उनले विधेयकमाथि पर्याप्त छलफल गरेर कमिकमजाेरी सच्याउने उनले बताए ।
मुख्यमन्त्री कार्कीले संघीय सरकारले ल्याएको अध्यादेशको विषयमा अनावश्यक रुपमा बखेडा झिक्न खोजेको बताए ।
‘सरकारले ल्याउने विधेयकका विषयमा दलका नेताहरुले पनि विरोध गरिरहेको सुनिन्छ तर अध्यादेश संवैधानिक हो, उनले भने,’ सदनबाट पारित नभए खारेज हुन्छ तर अध्यादेश ल्याउन नपाउने भन्ने हुन्न ।’
























