भ्रष्टाचार मुद्दामा काेशी प्रदेशसभाका सचिव गोपाल पराजुली दोषी ठहर

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ३०, बुधबार २२:३७

विराटनगर । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएकाे मुद्दामा सर्वोच्च अदालतले पराजुलीलाई दाेषी ठहर गर्दै ६ वर्ष कैद सजाय सुनाएको छ ।

Advertisement

६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको सर्वोच्चले त्यसको दोब्बर एक करोड २२ लाख जरिबाना हुने फैसला गरेको छ ।

पशुपतिको स्वामित्वमा रहेको बालुवाखानी ठेक्का दिँदा पराजुली काठमाडौं जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी थिए ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले बुधबार मुद्दाको फैसला गरेको हो ।

प्रमुख जिल्ला अधिकारी हुँदै कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव पनि बनेका पराजुली राजीनामा दिएर २०७६ वैशाख १२ गते प्रदेशसभाको सचिव नियुक्त भएका थिए ।

उनी २०८१ वैशाख ९ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि प्रदेशसभाको सचिवमा नियुक्त भएका थिए । अदालतको फैसलासँगै  स्वतः पदमुक्त भएका छन् ।

सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेल र पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको छ । भ्रष्टाचार आरोपमा एमाले नेता कुइँकेललाई ६ वर्ष कैद सजायको फैसला भएको छ ।

सर्वोच्च अदालतले कुइँकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो । विशेष अदालतले उनलाई त्यति नै जरिबाना हुने फैसला गरेको थियो ।

उनले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुँदा बालुवाखानी सञ्चालनसम्बन्धी ठेक्काको फाइलमा निर्णय गरेका थिए । पशुपति क्षेत्र विकास कोषका अर्का सदस्य सचिव सुशील नाहाटालाई ६ वर्ष कैद सजाय सुनाएको छ । उनले ९१ लाख ६३ हजार रुपैंया भ्रष्टाचार गरेको ठहर भएको छ ।

महेन्द्रलाल श्रेष्ठलाई बालुवाखानी सञ्चालन गर्न दिँदा जिविसको रोयल्टीमा भ्रष्टाचार गरेको आरोपमा साढे ३८ लाख रुपैँया भ्रष्टाचार गरेको ठहर भएको हो । सर्वोच्च अदालतले उनलाई ७८ लाख ५३ हजार जरिबाना हुने फैसला गरेको छ । अर्का स्थानीय विकास अधिकारी प्रेमराज जोशीमाथि ६ महिना कैद सजायको फैसला भएको छ । काठमाडौं जिविसका तत्कालीन योजना अधिकृत भीष्मकुमार मल्ल, राजुकुमार रेग्मीलाई पनि जोशीकै सरह कैद र जरिबानाको फैसला भएको छ ।

सर्वोच्च अदालतले बालुवाखानीको ठेक्का पाएका बच्चराम दाहालबाट १२ करोड ९९ लाख रुपैँया असुल्नुपर्ने फैसला गरेको छ । अर्का ठेकेदार मिठाराम दाहालबाट २ लाख ३७ हजार असुल्नुपर्ने फैसला भएको छ ।

नियमविपरीत बालुवाखानी सञ्चालनको स्वीकृति दिएर पशुपतिनाथको आम्दानी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ ठेकेदार सहित ९ जना विरुद्ध २०७१ साल माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तपाइको प्रतिक्रिया
गृहमन्त्रीले संसद्लाई भोटेकोशी बाढीको जानकारी गराउने, प्रधानमन्त्रीको प्रश्नोत्तर स्थगित
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न डा. शशांक कोइरालाको आग्रह
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न डा. शशांक कोइरालाको आग्रह
४१ सुरक्षाकर्मी र १४ जना भन्सार कर्मचारी सम्पर्कविहीन
उद्धार एवं राहतमा जुट्न राष्ट्रपति र प्रधानमन्त्रीको अपिल
कांग्रेसको आकस्मिक बैठक
जोगबनी नाकाबाट आयात–निर्यात पुनः सुचारु
जोगबनी नाकाबाट आयात–निर्यात पुनः सुचारु
भोटेकोशीको बाढीले अवस्था भयावह (तस्बिरहरु)
अहिलेसम्म कति जनाको भयो उद्धार ?, बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरले अनुमति लिन नपर्ने
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
भोटेकोशीको बाढीले निम्त्यायो महासंकट : सरकारलाई सहयोग गरौं, उद्धार र राहतमा जुटौं
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×