
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य प्रतितोला २ हजार ३ सय रूपैयाँले बढेको हो । भाउ बढेसँगै मूल्य प्रतितोला १ लाख ६९ हजार ८ सय रूपैयाँ पुगेको छ । छापावाल सुनको मूल्य बुधबार तोलाको १ लाख ६७ हजार ५ सय रूपैयाँ थियो ।
चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँ बढेको छ । भाउ बढेसँगै तोलाको १ हजार ९ सय ६५ रूपैयाँ पुगेको छ । बुधबार १ हजार ९ सय ३० रूपैयाँ रहेको थियो ।

























