
विराटनगर । नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा गरेको छ ।
टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भिएफडी र अपाचे आरटीआर १६० २ भि रीफ्रेश बिटीका अफर घोषणा गरेको हो ।
यो अफर अन्तर्गत नेपाल भरिका ग्राहकहरूले २ वर्षसम्मका लागि निःशुल्क स्पेयर पाट्स, इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन् ।
जगदम्बा मोटर्स प्रालिले नेपालभर १४० भन्दा बढी डिलर सञ्चालन गरिरहेको छ ।
विराटनगरमा टिभिएसको आधिकारिक बिक्रेता केशरी चन्द भवरलालले आफ्नो सोरुममा नयाँ अफरको शुभारम्भ गरेको छ । टिभिएस सोरुमका बिक्रि तथा मार्केटिङ म्यानेजर गोबिन्द पोखरेलले उच्च गुणस्तरीय सेवा र सुबिधा दिने उदेश्यका साथ आएको अफरलाई सदुपयोग गर्न अनुरोध गरे ।

























