कोशीले मनायो स्थापना दिवस

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ३, शनिबार ११:२९

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको स्थापना नै संघीयता कार्यान्वयनको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

कोशी प्रदेश सरकारले सातौँ स्थापना दिवसको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सात वर्षको समीक्षा गर्दै आगामी दिनमा कमजोरी सुधार गर्दै लग्ने सरकारको योजनाको उनले प्रशंसा गरे ।

कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले गरेको कामको प्रचार गर्न आग्रह गरे । सरकारको कामको स्वस्थ आलोचना आवश्यक रहेको बताउँदै उनले भौतिक पूर्वाधार र मानवीय सूचकांकको क्षेत्रमा पनि काम गर्ने बताए ।

२०७४ फागुन ३ गते कोशी प्रदेश सरकार स्थापना भएको थियो । नयाँ संरचना स्थापित गरी सञ्चालन गर्न चुनौतीपूर्ण रहेको बताउँदै उनले भने,‘ कानुनी शून्यता र संरचनाविहीन अवस्थाबाट सरकारका कार्यसम्पादन गर्दै जनतामा सेवा प्रवाह गर्नु अत्यन्तै जटिल र कठिन थियो । यस्तो कठिन परिस्थितिबाट अगाडि बढेर प्रदेश सरकार आजको मितिसम्म आइपुग्दा यसले आफ्नो आकार ग्रहण गरेर आम जनतामा देखिने, सुनिने र अनुभूति गर्न सक्ने अवस्थामा पुगेको छ।’

उपलब्ध स्रोत र साधनको उच्चतम उपयोग गर्दै संविधानको भावना र मर्मअनुरूप प्रदेशको दिगो विकास, समृद्धि र सुशासनका लागि प्रदेश सरकार दृढताका साथ अगाडि बढिरहेको उनले बताए । कोशी प्रदेश सरकारका प्रमुख सचिव केदार शर्माले सरकार गरेका कामको प्रचार हुन नसकेको गुनासो गरे ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.