विराटनगरमा पुनः भेष्पा र एप्रिलियाको सोरुम सञ्चालनमा

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ३, शनिबार १३:५५

विराटनगर– विराटनगरमा भेष्पा र एप्रिलियाका ब्रान्डका स्कुटरको सोरुम पुनः सञ्चालनमा आएको छ ।

गौरव अटो सेन्टरले विराटनगरको बरगाछीमा ‘एप्रिलिया भेष्पा स्कुटर’को सोरुम सञ्चालनमा ल्याएका हो । एक कार्यक्रमका बीच कोशी प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता रूपेश कोइरालाले उद्‌घाटन गरे । 

दुई पांग्रे सवारीसाधनमा नाम कमाएको भेष्पा र एप्रिलिया स्कुटरको विराटनगरमा रहेको सोरुम बन्द भएको थियो । विराटनगरमा सोरुम बन्द भएपछि ग्राहकहरू सेवा लिन इटहरी जान बाध्य भएका थिए । 

ग्राहकहरूको समस्यालाई ध्यानमा राख्दै गौरव अटोले आधुनिक सर्भिस सेन्टरसहित बिक्री कक्ष विराटनगरमा सञ्चालनमा ल्याएको हो । 

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.