पाथीभरा केबलकार पक्षधरलाई मोसो दलेको आरोपमा जसपा नेता पक्राउ

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ६, मंगलबार १६:३१

विराटनगर । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको पक्षमा अभिव्यक्ति दिएको भन्दै पदम चेन्जी माबोलाई सुनसरीको धरानमा मोसो दल्ने घटनामा संलग्न भएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जनता समाजवादी पार्टी नेपाल, धरानका उपाध्यक्ष सुमन चेम्जोङलाई पक्राउ गरेको हो । घटनापछि माबोले इलाका प्रहरी कार्यालय धरानमा आफूलाई मोसो दल्ने ८ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

हिजो (सोमबार)को उक्त जाहेरीपछि प्रहरीले आज (मंगलबार) चेम्जोङलाई पक्राउ गरेको हो । उजुरी परेपछि प्रहरीले ८ जनाविरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको थियो ।

धरानका डीएसपी प्रकाश जबेगूका अनुसार अदालतको अनुमतिपछि चेम्जोङलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।

गत आइतबार मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान–९, पुतलीलाइनमा माबोलाई कुटपिट गरी मोसो दलेका थिए ।

आफूलाई दुर्व्यवहार गर्ने जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम, पहिचानवादी मोर्चाका नेता जेन्टल लावतीलगायत ८ जनाविरुद्ध माबोले किटानी जाहेरी दिएका थिए ।

मोसो दलिएको घटनापछि ‘नो केबलकार’ समूहको चौतर्फी आलोचना भइरहेको छ । आन्दोलनका नाममा अराजकता मच्चाइएको भनेर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवाज पनि उठिरहेको छ ।

तपाइको प्रतिक्रिया
इन्टरनेट सेवा प्रदायकलाई १० दिनभित्र दस्तुरको विवरण बुझाउन प्राधिकरणको निर्देशन
सुनको मूल्य घट्यो
सीओपीडी रोगको जोखिम र समयमै उपचारबारे जनचेतना र्‍याली
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.