फागुन ७ गते नेपालीहरूको सबैभन्दा महत्वपूर्ण दिन : प्रधानमन्त्री

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ७, बुधबार ०८:४२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते नेपालीहरूको लागि सबैभन्दा महत्वको दिन भएको बताएका छन् ।

जहानियाँ राणा शासनविरुद्ध जीवन उत्सर्ग गरेर सहिदहरूले प्रजातन्त्र स्थापना गराएकोले आजको दिनको विशेष महत्त्व भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले आजको दिन रैतीबाट जनता भएको दिन भनेर उल्लेख गरेका छन् ।

‘फागुन ७ गते आज हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो । बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन हो । गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्र प्रेमी नेपालीहरूमा ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना’, ओलीले लेखेका छन् ।

ओलीले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सहिद हुनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलगायत अमर सहिदहरुमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान,’ ओलीले भनेका छन् ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.