विधेयक पेस गर्ने र बजेट बाँडफाँट गर्ने कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णय

Share this
805shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ९, शुक्रबार २०:०१

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार (आज) बसेको बैठकले विधेयक पेस गर्ने र बजेट बाँडफाँट गर्ने निर्णय गरेको छ । 

बैठकले केही प्रदेश ऐन संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने र कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश सार्वजनिक खरिद (दोस्रो संशोधन) नियमावली, २०८१ र सार्वजनिक खर्चको मापदण्ड तथा मितव्ययिता सम्बन्धी (तेस्रो संशोधन) निर्देशिका, २०८१ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

त्यस्तै, गृह मन्त्रालयअन्तर्गतका निकायहरूलाई सम्बन्धित सुरक्षा निकायमार्फत बजेट कार्यान्वयन हुने गरी बजेट बाँडफाँट गर्ने निर्णय भएको छ।

साथै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत प्रदेशस्थित कार्यालयहरूबाट सुरक्षा निकाय तथा उच्च तथा जिल्ला बारको भवन मर्मतका लागि आवश्यक बजेट स्वीकृत गरिएको मन्त्री भण्डारीले बताए।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.