
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
आगामी चैत ५ गतेका लागि स्ववियु निर्वाचनको तालिका सार्वजनिक भएको हो । निर्वाचन तालिका अनुसार संघ संगठन, समूह दर्ता गर्ने अन्तिम समय फाल्गुन १९ गते दिइएको छ ।
२१ गते मतदाता सूची प्रकाशन गरिने छ । २७ गते उम्मेदवारी दर्ता गर्न सकिने जनाइएको छ ।
उम्मेदवारहरूका लागि चैत २ गते राति १२ बजेपछि मौन अवधि लागू हुनेछ भने चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।


























