प्रचण्डको स्वीकारोक्ति : समुदायसँगको सम्बन्ध कमजोर भयो

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १०, शनिबार १५:३७

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुदायसँग पार्टीको सम्बन्ध कमजोर बनेको स्वीकार गरेका छन् ।

उनले अरुसँग सहकार्य गर्ने हुँदा पार्टीको समुदायसँगको सम्बन्ध खस्किएको स्वीकारेका हुन् । ‘पछिल्ला केही समय आवश्यकताभन्दा बढी सहकार्य र समीकरण गरियो । यसले समुदायसँग पार्टीको सम्बन्ध कमजोर बन्न पुग्यो,’ प्रचण्डले भने ।

उनले आवश्यकताभन्दा बढी भनेर अरु दलसँगको सहकार्यलाई भनेका हुन् । अन्य राजनीतिक दलहरूसँगको सहकार्यले पार्टीलाई आफ्नो वर्ग र समुदायबाट टाढा बनाएको निष्कर्ष निकालेर नयाँ अभियान सुरु गरिएको प्रचण्डको भनाइ छ ।

अब आत्मआलोचनासहित पुनः पार्टी आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेकाले सहयोग गर्न उनले आह्वान गरे । मओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले मुलुकमा अब नयाँ हिसाबले अघि बढ्नुपर्ने जिकिर गरे ।

माओवादी केन्द्रले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने बताउँदै उनले स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न आवश्यक रहेको उल्लेख गरे । समाजवादको सैद्धान्तिक बहसलाई व्यावहारिक रुपमा स्थानीय तहबाट निर्माण गर्दै लैजाने निर्णय पार्टीले गरेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.