
काठमाडौं । प्रतिनिधिसभा बैठक आज (आइतबार) दिउँसो १ बजे बस्दै छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
त्यस्तै, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक २०८१ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । वनमन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफलको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

























